शुक्रबार, १४ वैशाख २०८१

भ्रष्टाचार काण्डमा मुछिएका समाज कल्याणका उपाध्यक्षसहित पाँच जना बर्खास्त

समयपोष्ट २०७५ फागुन ९ गते १४:०२

Advertisement

सरकारले समाज कल्याण परिषदका उपाध्यक्षसहित पाँच जनालाई बर्खास्त गरेको छ ।

बर्खास्त पर्नेमा उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्ट रहेका छन् ।

फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले बद्नीयतपूर्ण र कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए ।

साथै बैठकले परिषदमा भएको आर्थिक प्रशासनिकलगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न छानविन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पठाउने निर्णय गरेको छ ।

मन्त्री बास्कोटाले यही विषयलाई लिएर भ्रष्टाचार बढेको रुपमा नबुझ्न आग्रह गर्दै भ्रष्टाचार नियन्त्रणको प्रयासका रुपमा बुझ्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री