शुक्रबार, ७ वैशाख २०८१

‘महिन्द्रा उदय २०१९’ शुक्रबारदेखि, एक्सयुभी ‘थ्री डबल ओ’ र ‘मोराजो’ प्रर्दशनीमा राखिने

समयपोष्ट २०७५ फागुन ९ गते १२:२७

Advertisement

महिन्द्रा कम्पनीले ‘महिन्द्रा उदय २०१९’ फेयरको आयोजना गर्ने भएको छ ।

कम्पनीको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड, एमभी दुगर ग्रुप र स्वराज पार्टनरको संयुक्त आयोजनामा राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि आइतबारसम्म सो मेला आयोजन हुँने भएको हो । मेलामा कम्पनीले ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने भएको छ ।

सर्वसाधरणलक्षित उक्त मेलामा इन्टरनेट मार्फत www.mahindraudaya.com बाट इन्ट्रि गर्ने सर्वसाधरणले निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ । मेलाको सेवा शूल्क भने प्रति व्यक्ति एक सय रुपैयाँ राखिएको छ । मेलामा महिन्द्राको विभिन्न उत्पादन सहित नेपाली रैथाने परिकार, कन्टिनेन्टल परिकार समेत राखिने छ। साथै विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती समेत दिनेछन् ।

११ वटा फुडस्टल रहने मेलामा ३० रुपैयाँदेखि तीन सय ५० रुपैँयाँसम्मको परिकारको स्वाद लिन सकिने छ ।

दुई नयाँ गाडी प्रर्दशनीमा राखिने

मेलामा कम्पनीले दुई नयाँ गाडी प्रर्दशनीमा राख्ने जनाएको छ । केही महिना अगाडीमात्र भारतिय बजारमा सार्वजनिक गरिएको महिन्द्राको एक्सयुभी ‘थ्री डबल ओ’ र ‘मोराजो’ प्रर्दशनीमा राखिने कम्पनीले जनाएको छ ।

कम्याक एसयुभी स्पोर्ट युटिलीटी भेहिकल ‘थ्री डबल ओ’ मा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै एयरब्याग, एन्टिलकिङ ब्रेकिङ सिस्टम, चारै चक्कामा डिस्क ब्रेक, इन्जिन मोविलाइजर, ट्र्याक्सन कन्ट्रोल, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, साइड एयरब्याग, ब्रेक असिस्ट, हिल असिस्ट लगायतका सुविधा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार चार हजार पाँच सय ८५ एमएम लम्बाई र १८ सय ९० एमएम चौडाई भएको यो गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने ह्विल बेस २७ सय एमएम रहेको छ।

ग्राहकले गाडीमा डुअल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्मेन्ट सिस्टम, एयरकन्डिसन, फ्रन्ट एण्ड रियर आर्मरेस्ट, पार्किङ सेन्सर लगायतका नयाँ प्रविधिको सुविधा लिन सक्ने कम्पनीको दाबी रहेको छ। पेट्रोल र डिजल दुवै भर्सनमा रहेको गाडीको प्रत्येक भर्सनको चारवटा भेरियन्ट रहेको कम्पनीले बताएको छ।

यसैगरी हालसम्मकै ठूलो पेसेन्जर भेहिकल ‘मोराजो’आठ जना यात्रु आरामदायी बस्न सक्ने कम्पनीले जनाएको छ। सार्क माछाको आवरणमा आधारित यो गाडीको केहि भागमा ‘हन्टीङ फीस’ शिकारी माछाको डिजाइन देख्न सकिने कम्पनीले जनाएको छ ।

गाडीको लम्बाई ४५ सय ८५ एमएम र चौडाइ १८ सय ९० एमएम रहेको गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने व्हिल वेस २७ सय ६० एमएम रहेको छ। गाडीमा ग्राहकको सुरक्षा लक्षित एयरब्याग, एन्टिलकीङ ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ लगायतका सुविधा समावेश गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री