शनिबार, ८ वैशाख २०८१

एकैपटक ६ सचिवको सरुवा,को कहाँ तानिए ?

समयपोष्ट २०७५ फागुन ८ गते ११:२०

Advertisement

सरकारले ६ जना सचिवहरूको सरुवा गरेको छ । सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको हो ।

सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

त्यस्तै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । ठाकुरको ठाउँमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री