बिहीबार, १५ चैत २०८०

गोप्य छलफलपछि मन्त्री हेरफेर गर्ने तयारीमा ओली र प्रचण्ड

समयपोष्ट २०७५ फागुन ७ गते ८:५३

Advertisement

नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो ।

आजको नेपाल समाचारपत्रमा खबर छ,सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य अगाडि बढेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना शुरु भएको छ ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री