बिहीबार, १३ वैशाख २०८१

अब काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालनमा आउने

समयपोष्ट २०७५ फागुन ४ गते १५:१८

Advertisement

काठमाडौँ महानगरपालिकाले नगरभित्र पुनः रात्रिकालीन बस सञ्चालनको तयारी गरेको छ । बस सञ्चालनको लागि महानगरले साझा यातायातसँग छलफल सुरु गरेको छ ।

साझाले वीर अस्पताल, शिक्षण अस्पताल क्षेत्रमा राति अबेरसम्म बस सेवा दिदैँ आएको छ । यसलाई थप विस्तार गरेर नगरभित्रका सबै क्षेत्रमा राति पनि बस सेवा पुर्याउन पहल थालिएको महानगरले जनाएको छ ।

हाल बस सञ्चालन गर्ने रुट र खर्चको विषयमा टुंगो लाग्न बाँकी रहेको महानगरले जनाएको छ । बस सञ्चालनमा साझा तयार भए पनि उसले सुरक्षाको प्रत्याभूति खोजेको महानगरको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री