शुक्रबार, १६ चैत २०८०

साराले छोडिन् अमृताको साथ

समयपोष्ट २०७५ फागुन २ गते १४:३७

Advertisement

सेफ अलि खान र अमृता सिंहकी छोरी सारा अली खानले नयाँ सुरुवात गरेकी छिन् । केदारनाथबाट बलिउड डेब्यू गरेकी लोकप्रिय नायिका साराले आफ्नै अपार्टमेण्ट खरीद गरेकी छिन् ।

आमा अमृतासँग निकै नजिक रहेकी उनले आफ्नी आमाको घर छोडेकी छिन् र आफ्नो अपार्टमेन्टमा बस्न थालेकी छिन् ।

साराले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् । यो फोटोमा उनी प्याक गरिएका थुप्रै सामानसँगै देखिएकी छिन् । उनी निकै खुसी पनि देखिएकी छिन् । तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘अब नयाँ सुरुवात’ ।

स्मरण रहोस्, यसअघि साराको एउटा फोटो पनि चर्चित भएको थियो जसमा उनी गाडीमा सामान राखिरहेको देखिएकी थिइन् । त्यसपछि मानिसहरुले विभिन्न अड्कलबाजी गरेका थिए । अब साराले इन्स्टामा आफ्नो नयाँ सुरुवातको घोषणा पनि गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री