बिहीबार, १३ वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २८ करोड रुपैयाँ

समयपोष्ट २०७५ फागुन १ गते १३:५१

Advertisement

चालु आर्थिक वर्षको छ महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिमा २७ करोड ९६ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमा शुल्क आर्जन ४६.७६ प्रतिशतले बृद्धि गरेको छ। पुसम्ममा कम्पनीले बीमा शुल्क १० अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। गतवर्ष आर्जन ७ अर्ब २२ करोड रुपैयाँ थियो।

कम्पनीले पुससम्ममा २८ हजार ४२८ वटा बीमा लेखको ५ अर्ब २० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले अझै एक अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै कर्जा लगानी तथा अन्य आयबाट २ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले यस्तो आम्दानी एक अर्ब ८७ करोड रुपैयाँ गरेको थियो।

कम्पनीले आफ्नो अल्पकालिन लगानीलाई घटाएर दीर्घकालिन लगानी ११३ प्रतिशतले बढाएको छ। यसै अवधिसम्ममा कम्पनीले १० अर्ब २९ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ भने ४३ अर्ब १२ करोड रुपैयाँ दीर्घकालिन लगानी गरको छ। अघिल्लो वर्षको नाफा तथा जगेडाबाट बोनस दिएर चुक्ता पूँजी ४२ प्रतिशतले बढाएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ र जगेडामा तीन अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री