आइतबार, ४ साउन २०८२

प्रभु बैंकको साधारण सभाको मिति तय

समयपोष्ट २०७५ माघ २७ गते १२:१२

प्रभु बैंकको बार्षिक साधारण सभाको मिति तय भएको छ । बैंकले फागुन १९ गते साधारणसभा डाकेको छ । सभाले आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएको थियो।

यही कारण बैंकको साधारणसभा ढिला भएको थियो। बैंकको संस्थागत र साधारण शेयरधनीको शेयर हिस्सा संरचना परिवर्तन गरेको छ। सभाले साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने भएको हो। अहिले संस्थापकको ६१.३९ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री