आइतबार, ४ साउन २०८२

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३४.९४ प्रतिशतले बढ्यो

समयपोष्ट २०७५ माघ २४ गते ११:२८

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३४.९४ प्रतिशतले बृद्धि गरेको छ । बैंकले यस अवधिमा दुई अर्ब ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको लाभांश क्षमता (फ्रि प्रोफिट) दुई अर्ब १७ करोड ८१ लाख पुगेको छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले दुई अर्ब अर्ब ४० करोड खुद नाफा गरेकोमा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्नुपर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता धेरै घटेको हो ।

यद्यपी बैंकको गत आवको फ्रि प्रोफिट पनि २२.१० प्रतिशतले सुधार भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासमा एक अर्ब ७८ करोड ३९ लाख बराबरको लाभांश क्षमता रहेको थियो ।

बैंकको चालू आवको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ५३ पैसा कायम भएको छ । गत आवको पुस मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको थियो ।

बैंकको जगेडा कोषमा १२ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले २३८ प्रतिशत बढीले जगेडा कोषको आकार बढाएको हो । गत आवको पुस मसान्तको तुलनामा बैंकले ८ अर्ब ७६ करोड ६२ लाखले जगेडा कोष सुधार गरेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २० पैसा रहेको छ । गत पुसमा १४२ रुपैयाँ ८३ पैसा रहेको थियो । बैंकले एक खर्ब ८१ अर्ब ५९ करोड ६६ लाख निक्षेप संकलन तथा एक खर्ब ३४ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री