पर्वतको वारीवेनीमा एनआईसी एशिया बैंकको शाखा विस्तार
समयपोष्ट
२०७५ माघ २१ गते १६:१९
एन आई सी एशिया बैंक लिले पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीवेनीमा नयाँ शाखा विस्तार गरेको छ ।
शाखाको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले एक कार्यक्रमकाबीच समुद्धघाटन गरे । उद्घाटन गाउँपालिकाका अध्यक्ष मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।
हाल बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया