‘क्यान इन्फोटेक २०१९’ मा सुबिसुको स्पेशल अफर
केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ‘क्यान इन्फोटेक २०१९ स्पेशल अफर’ सार्वजनिक गरेको छ । सुबिसुले
१०० एमबीपीएस फाइबर इन्टरनेट प्याक,इन्टरनेट र क्लियर टिभी– कम्भो प्याक र इन्टरनेट प्याक सार्वजनिक गरेको हो ।
१०० एमबीपीएस फाइबर इन्टरनेट प्याकः
फाइवर इन्टरनेट सेवामा मात्र ४ हजार ५ सयमा १ महिनाका लागि १०० एमबीपीएस अनलिमिटेड इन्टरनेट सेवा साथेैे वायरलेस ओएनयू र जडान सेवा प्राप्त गर्न सकिनेछ ।
इन्टरनेट र क्लियर टिभी– कम्भो प्याकः
इन्टरनेट र क्लियर टिभी सेवाअन्र्तगत २ हजार ७ सय ९९ मा १ महिनाका लागि ३५ एमबीपीएस अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डि च्यानलहरु)साथैं मोडेम, वायरलेस ओएनयू जडान सेवा प्राप्त गर्न सकिनेछ ।
इन्टरनेट प्याकः
इन्टरनेट सेवा अन्र्तगत मात्र २ हजार (कर सहितमा) १ महिनाका लागि ३० एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाका लागि साथेैे मोडेम र जडान सेवा प्राप्त गर्न सकिनेछ । यी प्याकेजहरु बाहेक इन्टरनेट र क्लियर टिभी सेवामा अन्य थुप्रै आकर्षक अफरहरु रहेका छन् जसलाई ग्राहकहरुले आफ्नो आवश्यक्ता अनुसार लिन सकिनेछ ।
साथै सुबिसुले आफ्नो क्लियर टिभी सेवामा एलेक्सा पनि थप गर्दैछ । सुविसुले सेवा सम्बन्धि डेमो ‘क्यान इन्फोटेक मेलामा रहेको सुविसुको स्टलमा राखेको छ ।
प्रतिक्रिया