शुक्रबार, १४ वैशाख २०८१

गोमा एयरका थप दुर्इ नयाँ जहाज,दुर्गम विमानस्थलमा उडान भर्ने

समयपोष्ट २०७३ फागुन १६ गते ३:३०

गोमा एयरले थप दुर्इ नयाँ जहाज ल्याएको छ। कम्पनीले रुसी कम्पनीसँग खरीद गरेर एलर्इटी ४१० जहाज नेपाल ल्याएको हो। यो जहाजले दुर्गम विमानस्थलमा उडान भर्नेछन्। यो दुबै जहाज नेपाली चालकदल र इन्जिनियरिङ दलले रुसबाट मंगोलिया,चीन,भियतनाम,बंगलादेशहुँदै नेपाल ल्याएका हुन्। गोमासँग यो जहाजसँगै ६ वटा जहाज हुनेछन्।
छोटो धावनमार्ग प्रयोग गर्ने यी ६ वटै जहाजले काठमाडौं,पोखरा र नेपालगञ्जबाट दुर्गम क्षेत्रमा सेवा दिइरहेको छ। २०६७ सालमा स्थापना भएको यो एयरलाइन्सले एकल इन्जिनको सेसना ग्राण्ड क्याराभानमार्फत सुदुरपश्चिम र कर्णाली भेगमा सेवा संचालन गरेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री