शनिबार, ८ वैशाख २०८१

चरिकोटमा खुल्यो महिन्द्राको शोरुम

समयपोष्ट २०७३ फागुन ११ गते ६:५२

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले दोलखाको चरिकोटमा नयाँ शाखा विस्तार गरेको छ । नेपालका लागि महिन्द्राका कन्ट्री म्यानेजर आशिष जोशी र उद्योग वाणिज्य संघ दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले संयुक्त रुपमा मंगलबार  नयाँ शाखाको उद्घाटन गरेका हुन् । नयाँ शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्टस पाइनेछ भने महिन्द्राको ट्याक्टर,पिकअप र युभी सिरिजका महिन्द्राका गाडी पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री