बुधबार, १२ वैशाख २०८१

जवलाखेलको चिडियाखाना सुर्यविनायक स्थानान्तरण हुँदै, तनहुँमा बन्ने भो नेपालकै सबैभन्दा ठूलो चिडियाखाना 

समयपोष्ट २०७३ फागुन ११ गते ५:३०

ललितपुको जावलाखेल स्थित सदर चिडियाखाना भक्तपुर स्थानान्तरण हुँने भएको छ । चिडियाखानालाई भक्तपुर सुर्यविनायकको  २३१ हेक्टर वन क्षत्रेमा स्थानान्तरण गर्ने गरी काम भैरहेको छ । सूर्यबिनायकको वन क्षत्रेमा अहिले कम्पाउण्डिङको काम सुरु गरिँदैछ । जावलाखेलको सदर चिडियाखानालाई सुर्यविनायक स्थानान्तरण गर्ने तयारीसंगै सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । सरकारले तनहुँको भानु-घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद बैठकले पनि यसबारे औपचारिक निर्णय गरिसकेको छ । वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालका अनुसार तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढिसकेको छ । निमार्ण प्रकृयामा रहेको उक्त उद्यान ४ सय २५ हेक्टर क्षेत्रफलमा फैलिने छ । जहाँ नेपालमा पाइने धेरैजसो वन्यजन्तुलाई राखिनेछ । लोपोन्मुख वन्यजन्तु र तिनका विभिन्न प्रजातिहरु सो उद्यानमा राखिने छन् । प्रत्येक प्रदेशमा एक-एक प्राणी उद्यान बनाउने सरकारी योजना अनुरुप तनहुँमा नेपालकै अहिलेसम्मकै ठूलो चिडियाखना (प्राणी उद्यान)बनाउने प्रक्रिया अघि बढेको हो ।
सो उद्यानलाई नेपालको वन्यजन्तुको अध्ययन केन्द्रका रुपमा विकास गर्ने सरकारी योजना छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना तयार पार्ने काम सुरु भइसकेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री