आइतबार, १४ असोज २०८०

बैंककै कर्मचारीले चोरे २३ लाख, परालभित्र र सिरानीमुनी पैसा भेटियो

समयपोष्ट २०७३ फागुन ३ गते २:४१

 एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ।

Advertisement

धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन् ।

शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो । प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो ।

जिल्ला प्रहरीका एसपी अर्जुन चन्दका अनुसार २२ लाख ७० हजार परालभित्र र ७४ हजार उपाध्यायको सिरानीमुनीबाट बरामद भएको हो ।  कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री