शुक्रबार, ७ वैशाख २०८१

पत्रकार महासंघ ललितपुरद्धारा अक्षय कोष र पुरस्कार स्थपाना

समयपोष्ट २०७३ माघ २९ गते ६:४५

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पत्रकार अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । 
महासंघ ललितपुरको आज बसेको बैठकले पत्रकारहरुको स्वास्थ्य उपचारका सहयोग गर्ने उद्येश्यले १ लाख रुपैयाको  पत्रकार अक्षय कोष स्थापना गरेको हो ।  
कोषमा हरेक बर्ष रकम थप गर्दै १० लाख पुर्याउने लक्ष्य रहेको शाखा अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार सो रकमको ब्याजबाट बिरामी पत्रकारहरुलाई सहयोग गरिने छ । ‘श्रमजीवी पत्रकारहरु बिरामी पर्दा जिल्ला शाखाबाट पनि केही सहयोग गर्ने उदेश्यले यो कोष स्थापना गरिएको हो ’ उनले भने ‘अक्षय कोषको रकम मुद्धती खातामा राखिने छ, त्यसको ब्याजबाट बिरामी पत्रकारलाई सहयोग गरिने छ ।’
शाखाको बैठकले ‘ललितपुर पत्रकारिता पुरस्कार’ स्थापना गर्ने पनि निर्णय गरेको छ । पत्रकार महासंघ ललितपुरमा सस्थागत योगदान पुर्याउने पत्रकारलाई पुरस्कृत गर्न १५ हजार रुपैयाको पुरस्कार स्थापना गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । पुरस्कार जिल्लाको हरेक अधिवेशनमा बितरण गरिने छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री