बिहीबार, १५ चैत २०८०

अन्नपुर्ण पदमार्ग र सगरमाथा आधार शिविरमा निशुल्क इन्टरनेट उपलब्ध गराईने

समयपोष्ट २०७३ माघ २७ गते ६:४४

सरकारले पदयात्रामा जाने पर्यटकहरुका लागि  लुक्लादेखि सगरमाथा आधार शिविर र अन्नपूर्ण पदयात्रा क्षेत्रमा ‘फ्रि वाइफाई जोन’को योजना अघि बढाउने भएको छ । पर्यटन प्रवर्द्धन तथा आपतकालीन अवस्थाको सूचना सम्प्रेषणलाई सजिलो बनाउन सरकारले यस्तो तयारी थालेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले जानकारी दिएका छन् ।

Advertisement

बुधबार  राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष झाले सर्भसुलभ इन्टरनेटको पहुँच भएपछि त्यहाँ पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि हुनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा पनि सहयोग पुग्ने भएकोले सबैभन्दा पहिले पूर्वाधार निर्माणको लागि अध्ययन भईरहेको बताए । 

पर्यटकिय क्षेत्रमा इन्टर्नेटको पहुँच पुर्याउँन तथा पूर्वाधार निर्माणको लागि अन्तर्राष्ट्रिय दूरसंचार संघसँग छलफल भईरहेको अध्यक्ष झाले जानकारी दिए । 

यसको लागि प्राधिरणले अन्य सरोकारवाला सरकारी निकायसँग छलफल गरेर अन्तिम निर्णय लिनेछ। आधार शिविर र अन्नपुर्ण पदमार्गमा पुग्ने विदेशीहरुलाई  निशुल्क इन्टरनेट उपलब्ध भएमा  उनीहरुले पठाउने भिडियो,फोटोले पनि नेपालको  पर्यटन प्रबद्र्धन हुने प्राधिकरणको विश्वास छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री