शुक्रबार, १६ चैत २०८०

यि हुन् दुनियाँकै सुन्दर साईकल

समयपोष्ट २०७३ माघ २५ गते ६:०२

सन् १९५० देखि सन् २००७ सम्म विश्वमा साईकलको उत्पादन चार गुणाले बढ्यो । जबकी यहिँ अवधिमा कारको उत्पादन जम्मा दुई गुणाले बढेको देखिन्छ । अमेरिका को एन्वायरन्मेंटल एडवोकेसी ग्रुप, अर्थ पलिसी इष्टिच्यु्ट  को रिपोर्टमा सो उल्लेख गरिएको छ । अर्थ पलिसी इष्टिच्यु्टलाई उद्रित गर्दै   बि बि सि का अनुसार  बजारमा बढ्दो भिडभाड र फ्युलमा बढ्दै गएको चर्को शुल्कले गर्दा साईकलकै समय फेरी फर्किने जनाईएको छ । बितेको दश बर्षमा साईकल उत्पादन कम्पनिहरुले विभिन्न फिचर  र मोडलका साईकलहरु तयार गरिसकेका छन् । 

Advertisement

बीएसजी वुड बी डुओमेटिक : फ्रांस
फ्रांसमा बाइक मेकर बीएसजीले निमार्ण गरेको वुड बी लाइन साईकल कम्बाईन मेटलले बनेको हो । यसको स्ट्रकचरल कम्पोनेण्ट  एश प्लाईवुड बाट बनाईएको छ । यसको लुक्स मेशिनरी भन्दा पनि बढी आर्टिस्टिक रहेको छ । १६ किलो तौल भएको यस साईकलको मुल्य ४ हजार २ सय ३० डलर रहेको छ । 

astoniaf

 

विक्स स्टिल अर्वन साईकल : एस्टोनिया 
एस्टोनिया गणराज्यमा निर्मित यो साईकल मात्र दुई स्टिल ट्युबबाट बनेको छ । यसको मुल्य विल्ड स्पेसिफिकेसनको आधारमा तय गरिन्छ । 

3f

पाशले पेराबाइक : यूके
 ब्रिटिस कम्पनी पाशले राजा जर्ज पाचौँको काल देखिनै ब्रिटेनमा ब्यवसाय गर्दै आएको छ । यो कम्पनी क्लासिकल साईकल निमार्ण गर्न माहिर मानिन्छ । पाशले को नयाँ पेराबाईक साईकल ब्रिटिस ईतिहासको झल्को दिलाउँने खालको छ । यो साईकलले दोस्रो विश्व युद्धको समयमा निर्मित टु विह्ल एयरबर्न साईकलको सम्झना दिलाउँछ । यो एक क्लासिकल साईकल हो जुन मल्टि ट्युब फ्रेमबाट निमार्ण गरिएको छ । यसको मुल्य ९ सय डलर रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री