बुधबार, १२ वैशाख २०८१

भिबोर सोसाइटी डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्स गाभिएर लुम्बिनी विकास बैंक बन्ने संझौता

समयपोष्ट २०७३ माघ २४ गते १३:५०

भिबोर सोसाइटी डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनीले एक आपसमा मर्ज हुने सम्झौता गरेका छन् । 
 भिबोर सोसाइटीका तर्फबाट बैंकका अध्यक्ष शुशीलराज पराजुली तथा फाइनान्सका अध्यक्ष चिन्तामणि भट्टराईले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने संस्थाको नाम लुम्बिनी विकास बैंक रहने सहमति भएको छ । यस्तै सहमति पत्रमा अध्यक्षमा भिबोर सोसाइटीका अध्यक्ष पराजुली रहनेछन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोरकै झलकप्रसाद खनाल रहने छन ।
अहिले भिबोर सोसाइटीको चुक्ता पूँजी एक अर्ब ८१ करोड तथा लुम्बिनी फाइनान्सको ४१ करोड रुपैंया रहेको छ । दुबै संस्था मर्ज भएपछि चुक्ता पूँजी दुई अर्व ३७ करोड पुग्नेछ। त्यसैगरी निक्षेप १७ अर्व, कर्जा प्रवाह १५ अर्व तथा शाखा संख्या ४९ पुग्नेछ। सेयर स्वाप रेशियोको निर्णय डिडिए प्रतिवेदनका आधारमा हुने जनाइएको छ ।  
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री