बिहीबार, ६ वैशाख २०८१

यती डेभलपमेण्ट बैंकले ल्यायो आश्वा बचत खाता

समयपोष्ट २०७३ माघ २१ गते ५:४५

धितोपत्र बोर्डबाट आश्वा प्रणालीको अनुमति पाएको यती डेभलपमेण्ट बैंकले आश्वा बचत खाता योजना ल्याएको छ । यस योजनामा निक्षेपकर्ताहरुले न्यूनतम १ सय रुपैयाँमा  खाता खोल्न सक्नेछन् । यस खातामा निक्षेपकर्ताहरुले ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ । बैंकका अनुसार विभिन्न कम्पनीको शेयर फारम भर्ने ग्राहकलार्इ न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकममा उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको हो । बैंकले देशभरका २५ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री