शनिबार, ८ वैशाख २०८१

इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

rss २०७९ माघ २० गते १२:५०

Advertisement

इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ ।

तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ ।

कुल रू १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको छ ।

प्रमुख पौडेलका अनुसार बसपार्क निर्माणमा कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानी हुनेछ । बसपार्क १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ । बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री