शनिबार, ८ वैशाख २०८१

मेटलाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमा योजना सार्वजनिक

समयपोष्ट २०७९ माघ १९ गते १२:०९

Advertisement

मेटलाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आज नेपालमा मध्यावधि बृद्धि बीमा योजना संचालनमा ल्याएको हो ।

मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो ।

यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४०५ रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००५ रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन् । यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै कम्पनीका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ‘हामीले धेरै उत्साहका साथ हाम्रा ग्राहकहरूका लागि एक नयाँ विशेषता सहितको बीमा योजना ल्याएका छौं जसले उनीहरूलाई आत्मविश्वासका साथ बाँच्न र संगसंगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन् । हाम्रा ग्राहकको आवश्यकताहरुलाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’

योजनाका मुख्य लाभरविवरणहरुः

– यस योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४०५ र परिपक्वता मितिमा बीमाङ्कको ६०५ रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ ।

– मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको १००५ रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् ।

– यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्कको दोब्बर९२००५० रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमाङ्कको ४०५ रकम कटौती गरिनेछैन ।

– यस बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेकोछ ।

– यस योजनाको न्यूनतम बीमाङ्क रकम रु २५०,००० र अधिकतम बीमाङ्क रु५०,०००,००० रहेकोछ ।

– बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।

– अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी असतक्तता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री