शनिबार, ८ वैशाख २०८१

विमानस्थलबाट नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

समयपोष्ट २०७९ माघ १९ गते ९:२३

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्।

महगौब फ्लाई दुबईको एफ २५७३ उडानबाट बुधबार राति १२ बजेर १० मिनेटमा काठमाडौं झरेका थिए।

मोहम्मदले भन्सार अधिकृतसँग शंकास्पद व्यवहार देखाएपछि चेकजाँचको क्रममा छातिमा चेस्ट गार्ड बनाएर नौवटा सेतो देखिने प्याकेट बोकेर ल्याएको फेला परेको थियो । उक्त प्याकेट चेकजाँचमा सुन नै भएको पुष्टि भएको थियो । बरामद सुनको बजार मूल्य ८ करोड २० लाख रुपैयाँ छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले उनलाई गौसाला प्रहरीको जिम्मा जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री