शनिबार, ८ वैशाख २०८१

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

समयपोष्ट २०७८ फागुन २ गते १३:३३

Advertisement

मेगा बैंकले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मीको मुसिकोट नगरपालिका ५ देउरालीमा महेन्द्र घिमिरेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका २ बाङकामा जानकी रावतलाई नियुक्त गरि सेवा विस्तार गरेको हो ।

सेवा अन्तर्गत बैंक खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधा रहेको छ । साथै, सेवाग्राहीलाई आवश्यक परेमा कर्जा लगानीको पनि व्यवस्था रहेको छ । बैंकले स्थापनादेखि ग्रामीण क्षेत्रमा बैंकिङ पहँुच पुर्याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्दै आएको छ । शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री