शुक्रबार, १६ चैत २०८०

दूधको उत्पादनसँगै खपत पनि बढ्दै

समयपोष्ट २०७४ फागुन १५ गते ११:३१

दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ ।

Advertisement

अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झाले बताए। पाँच वर्षको अन्तरालमा झण्डै १० लिटरका दरले बढेको बताए ।

पाँच वर्ष पहिले प्रतिवर्ष प्रतिव्यक्ति ६० लिटर दूध खपत हुने गरेको थियो ।उनी भन्छन् , “दूधको उत्पादन र खपत बढिरहेको छ ।” वार्षिक प्रतिव्यक्ति करिब डेढ लिटरका दरले दूधको खपत बढेको डा झा बताए। निर्देशनालयले जिल्ला पशुसेवा कार्यालय र पशुसेवा केन्द्रमार्फत स्वस्थ दूधको उत्पादन गर्न र बढाउन किसानलाई सहयोग गरिरहेको छ ।दूधको उत्पादन र माग बढिरहेको छ।

“हामीले सम्भावना भएका जिल्लामा दूधको उत्पादन बढाउने कार्यक्रम लागू गरिरहेका छौँ ।” हिमालीबाहेक पहाड र तराईमा दूधको उत्पादन हुने गरेको छ । रासस

––– –––

प्रतिक्रिया

सम्बन्धित सामाग्री