शनिबार, ११ असार २०७९

५०० सयको नक्कली नोट बजारमा , यसरी चिन्नुहोस् नक्कली कि सक्कली

समयपोष्ट २०७४ फागुन १५ गते ४:२३

गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो ।

Advertisement

स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताउनुभयो ।

फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन सजिलो बनाउनका लागि तारलाई बीचबीचमा काटेर नोटमा टाँसिएको छ ।उक्त नोटमा टाँसिएको तारलाई सहजैरुपमा कोट्याएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ गर्ने क्रममा उक्त नोट अलि मोटो भएकोे महसुस गरेपछि अनुसन्धानको क्रममा सो नोट नक्कली पाइएको बताइएको छ ।

उक्त बैंकमा पहिलोपटक यस्तो नक्कली नोट भेटिएको बैंकका प्रबन्धक रायमाझीले बताउनुभयो । कर्मचारीको सावधानीका कारण नक्कली नोट पत्ता लगाउन सफल भएको उहाँले जानकारी दिनुभयो ।

बैंकमा जम्मा गर्न पठाएको रकममा फेला परेको उक्त नोट कारोबारको क्रममा आफूले बजारका स्थानीयबाट प्राप्त गरेको र यसबारे आफूलाई कुनै पनि जानकारी नभएको बैंकमा नोट जम्मा गर्न आएका पाण्डेले बताउनुभयो ।

Advertisement

जिल्लामा पछिल्लो समयमा भित्रिएका यस्ता प्रकारका नक्कली नोट सहजैरुपमा बैंकमा पनि भित्रिसकेको अवस्थामा व्यवसायी पनि सजग हुनुपर्ने अवस्था सिर्जना भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री