शुक्रबार, १६ चैत २०८०

कुनै पनि बेला संविधान संशोधन हुनसक्छ : नेपाल

समयपोष्ट २०७४ फागुन १३ गते १५:३२

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।

Advertisement

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाँले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भन्नुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा अझैँ सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिन्छ भन्नुभयो ।

एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पु¥याउनु अघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने छ भन्नुभयो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री