शुक्रबार, ७ वैशाख २०८१

उत्तर कोरिया अमेरिकासँग कस्तो सम्बन्ध बनाउँन चाहन्छ ? दक्षिण कोरियाको यस्तो छ दाबी

समयपोष्ट २०७४ फागुन १३ गते १४:०२

उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न ‘निकै इच्छुक’ रहेको जनाएको दक्षिण कोरियाले आइतबार बताएको छ ।

Advertisement

दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस)का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुक अमेरिकासँग वार्ता गर्न चाहेको वताएको हो ।

“दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटका क्रममा उत्तर कोरियाको प्रतिनिधिमण्डलले दुई कोरियाली मुलुकबीच वार्ताका लागि सहमति जनाएको छ,” ब्लु हाउसले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

प्योङयाङका प्रतिनिधिले उक्त अवसरमा गरेको कुराकानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरिया–अमेरिकाबीचको सम्बन्ध सुधार हुनुपर्नेमासमेत सहमत भएको छ ।”

उत्तर कोरियाले कुनै पूर्वशर्त बिना वार्ता गर्ने बिषयमा पटकपटक इच्छा व्यक्त गरेको बताइए पनि यसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले वार्तामा बस्नुपूर्व उत्तर कोरियालाई आणविकविहीन बनाउने बिषयमा ठोस कदम चालिनुपर्ने बताउँदै आएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री