आइतबार, ४ साउन २०८२

शेयर बजारमा किन आयो दोहोरो अंकको गिरावट

समयपोष्ट २०७४ फागुन १३ गते १०:२६

साताको पहिलो दिन नेप्से सूचक १२.५२ अंकले गिरावट आएको छ। आइतबार नेप्से सूचकसँगै कारोबार पनि २९ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ । 

कारोबार सुरु भएको ७ मिनेटसम्म बजार उकालो लागेको भए पनि त्यस पछि लगातार ओरालो लाग्दा ०.८८ प्रतिशतले घट्दा १३७४.७३ अंक कायम भएको हो।

होटलको उपसूचक उकालो लागेको भए पनि अन्य उपसूचक ओरालो लागेका छन्। होटलको उपसूचक १.७१ अंकले उकालो लागेको छ। १२० प्रतिशत बोनस शेयर घोषणा गरेको राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर शेयर सबैभन्दा धेरै ५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।

आइतबार सिनर्जी पावरका शेयर धनीले २ प्रतिशतले कमाएका छन् भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री