बिहीबार, १३ वैशाख २०८१

‘हिन्दुराज्य कामय नगरिए संविधान खारेज गछौं’

समयपोष्ट २०७४ फागुन ११ गते १०:४०

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले हिन्दु अधिराज्य र राजसंस्था पुनःस्थापना गर्न माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा गठबन्धनले पत्रकार सम्मेलन गरेर नेपाललाई सनातन हिन्दुराज्य घोषणा नगरिए आफूहरु आन्दोलनमा उत्रिने चेतावनि दिएको हो । गठबन्धनका संयोजक तथा लोक कल्यणकारी पार्टीका अध्यक्ष किशोरी महतोले जीवनभर सनतान हिन्दु राज्य र राज संस्थाको लागि लड्ने बताएका छन् ।

Advertisement

उनले भने, ‘मुलुक सात दल, पाँच दलको नाममा निरन्तर ओरालो लागेको छ, यति महंगो संघीयता मुलुकले थेक्न सक्दैन, देशी विदेशी शक्तिहरुले मुलुकलाई धर्म निरपेक्षता घोषणा गरेका छन् यो गलत कार्य हो, हामीलाई यो कार्य कुनैपनि हालतमा स्वीकार्य छैन्, त्यसैले २०७२ सालको संविधानको बिरुद्धमा उभिएका हौँ ।’

उनले अघि थपे, ‘एकमहिना लामो समय लगाएर हामीले यो गठबन्धन निमार्ण गरेका छौं, यसमा ४२ दलहरु संगठित बनेका छौँ, हाम्रो आकार अझै बढ्ने छ, नेपाललाई अस्थिर बनाएर राष्ट्रियता कमजोर बनाउने काम देशी विदेशी शक्तिहरुबाट भएको छ, जुन कुरा हामीलाई स्वीकार छैन्, सर्वपक्ष र सर्वस्वीकार्य संविधानको पक्षमा हामी छाँै, जारि गरिएको संविधानले राष्ट्रियता कमजोर बनाउने काम गरेको छ, त्यसैले हामी यस संविधानको खारेजीको पक्षमा जनमत खडागरी राष्ट्रलाई राजनीतिक स्थायित्व प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’

उनले अघि थपे, ‘वर्तमान संविधानले नेपाल र नेपाली जनताको हित विपरित तीनवटा काम गरेको छ, राष्ट्रियता कमजोर बनाएको छ, सनातन हिन्दुधर्म मास्ने काम भएको छ, राजसंस्थाको अपमान भएको छ, यि सबै कुरा नेपाल र नेपाली जनताका अमूल्य सम्पति हुन ।’

उनले भने, ‘२०६३ सालमा राजा र सात राजनीतिक दलहरुको बीचमा भएको समजदारीलाई तत्काल जनताको बीचमा ल्याउनुपर्छ, त्यो समजदारी के थियो ? राजनीतिक दलहरुले किन भन्न सकिरहेका छैनन् ? हामी चाहन्छौँ तत्काल त्यो समजदारी बाहिर आउनुपर्छ ।’

संयोजक महतोले आफ्ना मागहरु तत्काल सम्बोधन नगरेको खण्डमा सडक संघर्षदेखी संविधान खारेजीसम्मको आन्दोलन थालिने चेतावनि दिएको छन् ।

गठबन्धनका सदस्य सचिव तथा अन्तराष्ट्रिय हिन्दु जनजागरण गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले कार्यक्रम संञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री