बिहीबार, ६ वैशाख २०८१

भारतीय चिकित्सकहरुले गरे विश्वकै सबैभन्दा ठूलो मस्तिष्क ट्युमरको सफल शल्यक्रिया

समयपोष्ट २०७४ फागुन ११ गते १०:२१

भारतीय चिकित्सकहरुले विश्वकै सबैभन्दा ठूलो मस्तिष्क ट्युमरको सफल शल्यक्रिया गरेका छन् ।

Advertisement

१४ फेब्रुअरीका दिन पश्चिमी मुम्बईस्थित नायर हस्पिटलमा करीब  सात घण्टा लगाएर ३१ वर्षे पुरुषबाट १.८ किलोग्रामको ब्रेन ट्युमरको सफल शल्यक्रिया गर्न चिकित्सकहरु सफल भएका हुन् ।

तर शल्यक्रियापूर्ण सफल भएको विश्वस्त नभएकाले डाक्टरहरुले त्यसको समाचार ढिलो गरि सार्वजनिक गरे ।

उत्तर प्रदेशको उत्तरी भेगमा किराना पसल चलाएर बसेका सन्तलाल पाल विगत तीन वर्षदेखि ट्युमरका साथ बाँचिरहेका थिए ।

“उनको स्वास्थ सुधारको क्रममा रहेको छ । अब उनी खतरा बाहिर छन् ।” शल्यक्रृयामा संलग्न न्यूरोसर्जन प्रमुख डा. त्रिमुर्ती नद्कर्नीले भने ।

डाक्टरहरुले भने अनुसार ट्युमरको कारण पालको दृष्टिनै गुमेको थियो । शल्यकृयापछि स्वास्थलाभ गर्नेक्रममा उनले आफ्नो गुमेको दृष्टी पुनःप्राप्ति गर्ने डाक्टरहरुले आशा गरेका छन् ।

उनकी श्रीमतीले हिन्दु पत्रिकासँग कुरा गर्दै उत्तर प्रदेशका तीन हस्पिटलहरुमा देखाउदा त्यहाँका डाक्टरहरुले उनको श्रीमानको ट्युमर शल्यक्रिया गर्न नमिल्ने बताएका थिए ।

“यस्तो केसहरु निक्कै जटिल हुने गर्छन्,” डा. नद्कर्नीले भने । उनले यसको जटिलता दर्साउन सो शल्यक्रियाको क्रममा पाललाई ११ युनिट रगत चढाउनुपरेको सन्दर्भ सम्झिए ।

शल्यक्रियापछि उनलाई केही दिन भेन्टिलेटरमा राखिएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री