मंगलबार, ४ वैशाख २०८१

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको साधारण सेयरमा आजबाट आवेदन खुल्यो

समयपोष्ट २०७४ फागुन ११ गते ७:०२

चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आजबाट  एकै पटक दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन गरेको छ ।

Advertisement

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीका लागि मात्र शेयरमा आवेदन खुला गरिएको हो ।

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण शेयरमा आवेदन दिन कमर्चारी सञ्चय कोषमा २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका सञ्चयकर्ता रहेको हुनपर्नेछ ।

सान्जेनको हकमा २०७४ मंसिर २६ गतेसम्म कायम भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् भने रसुवागढीको हकमा २०७४ पुस २० गतेसम्म कायम सञ्चयकर्ताले पाउनेछन्।

रसुवागढी हाइड्रोपावर कम्पनीले एक अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको छ । जसमा योग्य आवेदकले न्युनतम ५० देखि  अधिकतम ५०० कित्तासम्म शेयर आवेदन गर्न पाउने छन् । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढी पहिलो चरणको साधारण शेयर निष्कासन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी एक अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको छ । जसमा योग्य आवेदकले  न्युनतम ५० देखि बढीमा अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् ।

सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ  । त्यस्तै संचयकोषका लगानीकर्ताले एक हजार कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री