शुक्रबार, ७ वैशाख २०८१

मुलकलार्इ पार लगाउने शक्ति मै हुँ भन्दै बाबुरामले लुम्बिनीमा देखाए यस्तो चटके शैली

समयपोष्ट २०७४ फागुन ९ गते १४:१२

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

Advertisement

नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उनले भने —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिले जीत हासिल गरे पनि त्यसले देशलाई निकाश दिन नसक्ने उल्लेख गर्र्दै केही वर्ष सत्तामा हालीमुहाली गरे पनि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको आरोप लगाए ।

“मैले देखिरहेको छु, यी दलले मुलुकलाई पार लगाउँदैन”, उनले भने, “यी दुबै पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउछौँ ।”

“सही विचार लिने कहिलेकाहीँ एक्लै पर्छ, गौतमबुद्ध पनि छ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, पाँच जनाले छाडेपछि उनी एक्लै भए, आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन्, बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,” नेता भट्टराइले भने, “पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन तर हामी लोभमा फस्दैनौं ।”

फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने सो पार्टीका प्रदेश नं ५ का संयोजक दानबहादुर चौधरीले बताए ।

नयाँ शैलीमा बैठकको उद्घाटन

नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले स्टेजमा राखिएको बोधि वृक्षमा जल सिंचित गरेर संघीय परिषद्को चौथो बिस्तारित बैठक उद्घाटन गरिएको थियो ।

सो अवसरमा उनले भगवान् बुद्धले जसरी लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छर्नुभएको छ, हामीले पनि यहीबाटै नयाँ विचार स्थापित गरी देशलाई सही निकास दिनेछौं भने । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री