शुक्रबार, १६ चैत २०८०

मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ फागुन ९ गते ८:१२

मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जले पाँच प्रतिशत हकप्रदलाई समायोजन गरि प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेको छ ।

Advertisement

यहि मूल्यलाई आधार मानेर बुधबार सेयर कारोबार खुला भएको छ ।

कम्पनीले जारी गर्न लागेको पाँच प्रतिशत हकप्रद जारी गर्न कम्पनीले बुधबार बुकक्लोज गरेको छ । मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

नेप्सेका अनुसार कम्पनीको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य १५० रुपैयाँ कायम भएको  छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री