बिहीबार, १३ वैशाख २०८१

प्राइम लाइफको १६० प्रतिशत हकप्रद कहिलेबाट ?

समयपोष्ट २०७४ फागुन ९ गते ७:५८

प्राइम लाइफ इन्स्योरेन्सले  ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।कम्पनीले फागुन २७ गतेदेखि १६० प्रतिशत अर्थात १ बराबर १.६० को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

Advertisement

कम्पनीले  हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले फागुन १७ गते विहीबार बुकक्लोज गर्ने भएकाले १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा  बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

 

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।

इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री