शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री ओलीले गरे क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने घोषणा

समयपोष्ट २०७४ फागुन ७ गते १४:१८

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन् ।

Advertisement

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।

नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही तीन लाख रुपैंयाले सम्मान गर्नेे घोषणा गरे ।

प्रधानमन्त्री ओलीले सरकार  खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने भएको छ ।

शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् ।

उनीहरुलाई विदाई सहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषण गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री