शनिबार, ८ वैशाख २०८१

‘अघिल्लो सरकारको निर्णय उल्ट्याए ओली नै धरापमा’

समयपोष्ट २०७४ फागुन ७ गते १३:३९

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतान्त्रिक पद्धती र लोकतान्त्रिक वैधानिकतामा प्रश्न उठ्ने गरी अघिल्लो सरकारले गरेका निर्णय नउल्ट्याउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

Advertisement

ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको आरोप लगाउँदै शर्माले चेतावनी दिएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा नेपाल कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा सहभागी प्रवक्ता शर्माले लोकतन्त्र र कानून बमोजिम भएका निर्णयहरु उल्टाउने माथि नै बैधानिकताको प्रश्न उठ्ने बताए ।

वैधानिक रुपमा भएको निर्णयहरुलाई उल्टाएर अनावश्यक चलखेल गर्नुले प्रधानमन्त्री ओलीकै वैधानिकता माथि प्रश्न उठ्ने उनको तर्क छ ।

अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर अनावश्यक चलखेल गरे ओलीकै पदमाथि वैधानिकताको प्रश्न आउने उनको दाबी छ ।

प्रवक्ता शर्माले कांग्रेसको संसदीय दलको नेता सांसदहरुको सपथपछि लोकतान्त्रिक पद्धती अनुसार नै चुनिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री