बिहीबार, १५ चैत २०८०

डा. स्वर्णीम वाग्लेले पदबाट दिएको राजीनामा स्वीकृत

समयपोष्ट २०७४ फागुन ६ गते १४:५१

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

Advertisement

आईतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले योजना आयोगका उपाध्यक्ष वाग्लेले पदबाट दिनुभएको राजीनामा स्विकृत गरेको हो ।

योजना आयोगका उपाध्यक्ष वाग्लेको राजीनामा स्वीकृत गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए ।

सरकारले योजना आयोगमा रहेर कुशलतापूर्वक कार्यसम्पादन गरेको भन्दै वाग्लेलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

मन्त्रिपरिषद बैठक बस्नु केहीबेर अघिमात्रै योजना आयोगका उपाध्यक्ष वाग्लेले प्रधानमन्त्री ओलीलाई भेटेरै राजीनामा पत्र बुझाएका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

वाग्लेले नयाँ सरकारलाई काम गर्न सहज होस भन्दै आईतबार मध्यान्ह पत्रकार सम्मेलनमार्फत् आफूले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले वाग्लेलाई गत साउन १९ गते योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री