शुक्रबार, १६ चैत २०८०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबिआईमाथि लगाए यस्तो आरोप

समयपोष्ट २०७४ फागुन ६ गते ८:५९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताउनुभएको छ ।

Advertisement

सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउने काममा रुसी नागरिक र केही संस्थाकै हात रहेको आरोप उक्त ब्युरोले लगाएको थियो ।

संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको भनिएको सो घटनाको बारेमा अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको प्रतिवेदन हालैमात्र सार्वजनिक गरेका थिए ।

यो कार्य एकदमै नियोजित तथा आफ्ना विरुद्धमा एकपक्षीय भएको आरोप राष्ट्रपति ट्रम्पले लगाउनुभएको छ । उहाँले आफ्नो ट्वीट अकाउन्टमा भन्नुभएको छ– जुन कुराको अनुसन्धान गर्नै आवश्यक थिएन यस्तो कुरामा एफबिआई लाग्यो र यसले मेरो निर्वाचनसम्बन्धी कार्यक्रम र समूहको बदनाम गर्ने मात्र काम ग¥यो ।

एफबिआइले एकजना रुसी व्यापारीसहित १३ जना रुसी नागरिकमाथि अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पको पक्षमा धाँधलीपूर्ण काम गरेको आरोप लगाएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी यसअघि नै आलोचना भएको थियो । उक्त संस्थाको पछिल्लो प्रतिवेदन पनि यसैलाई पुष्टीगर्ने खालको आएको समाचारमा जनाइएको छ । अनुसन्धानमा यस्तो देखिएको अमेरिकी अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । उक्त निर्वाचनमा रुसको एक इन्टरनेट समूह ‘ट्रोल फार्म’ को हात रहेको पाइएको अमेरिकाको भनाई छ ।

सो इन्टरनेट एजेन्सीसँग सम्बद्ध समूहका ती १३ जनाले राष्ट्रपतिमा डोनल्ड ट्रम्पको जितको सम्भावना भनेर देशव्यापी सर्वेक्षण गरी त्यसको परिणाम आमसञ्चारका माध्यममार्फत देशव्यापी बनाएका थिए ।

उता राष्ट्रपति ट्रम्पले फ्लोरिडाको विद्यालयमा हालै भएको हत्याकाण्डको कुनै पनि सूचना प्राप्त गर्न नसकेको भनी एफबिआइको कडा आलोचना गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– एफबिआइले हत्याराको बारेमा एउटामात्र संकेत बुझ्न नसक्दा यस्तो दुर्घटना हुन पुगेको छ । उसले समयमै यसको संकेत बुझेको भए यो दुर्घटना टर्न सक्दथ्यो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री