शुक्रबार, ७ वैशाख २०८१

कालिका पावर कम्पनीको आईपिओमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७४ फागुन ६ गते ५:०३

कालिका पावर कम्पनीको आईपिओमा आवेदन गर्ने आज अन्तिम मिती रहेको छ ।  कम्पनीले गत माघ २१ गतेदेखि एक सय रुपैयाँ अंकित दरको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ  आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेकोे थियोे ।

Advertisement

आइपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि र अधिकत्तम ३ हजार कित्ता अर्थात तीन लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।

कम्पनीका अनुसार गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् ।

गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ ।

कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन्

। कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन ।

 

कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्धकको जिम्मा काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटललाई संयुक्त रुपमा जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री