बुधबार, १२ वैशाख २०८१

आरजु र शेरबहादुरले अव छोरा जयवीरलाई पनि राजनीतिमा सक्रिय बनाउने

समयपोष्ट २०७४ फागुन ५ गते १२:४५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् ।

Advertisement

प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तिवीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा एकछिन छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।

सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर, पति देउवाले उनको कुरै सुनेन् । बरु उनले आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ भनेर कड्किए । त्यसपछि आरजु पनि सहमत भएको खुलासा भएको छ ।

यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। जयवीरले बुवाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ ।

जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री