बिहीबार, १५ चैत २०८०

चितवन पुगेर प्रकाशमान सिंहले भने ‘अव देउवा असफल भैइसके, अधिवेशनमा जानुपर्छ’

समयपोष्ट २०७४ फागुन ५ गते १०:२०

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापती शेरवहादुर देउवा नेतृत्वमा असफल भएको वताउनुभएको छ ।

Advertisement

आज भरतपुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता सिंहले पार्टी विधि,विधान र संस्थागत रुपमा चल्न नसकेको आरोप लगाउनुभयो । उहाँले पार्टीलाई केन्द्रदेखी तल्लो तहसम्म सुधार गरेर पुरानै अवस्थामा लैजानुपर्ने वताउनुभयो ।

पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको उहाँको भनाई छ । सिंहले पार्टीको महासमिति वैठकको आव्हान गरेर संसोधित विद्यान अनुसार अधिवेशन गर्न तयार हुनुपर्ने वताउनुभयो ।

पूर्वमहामन्त्री सिंहले पार्टीको नेतृत्वमा निर्वाचन सम्पन्न भएपनि पार्टी भित्रका काम नगर्दा पराजित हुनुपरेको वताउनुभयो । सिंहले भन्नुभयो–’प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भयो,अव सुधार गर्नुपर्छ ।’’

अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,’– नेता सिंहले भन्नुभयो । देश संघिय व्यवस्थामा गैसकेपनि पार्टी पुरानै पद्धतीमा चलेको उहाँले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री