बिहीबार, १३ वैशाख २०८१

नायिका रेखा थापाका पुर्व श्रीमान आफु भन्दा तीस बर्ष कम उमेरकी नायिकासंग विवाह गर्दै

समयपोष्ट २०७४ फागुन ३ गते ८:५६

नायिका रेखा थापाका पुर्व श्रीमान चलचित्र निर्माता छविराज ओझाले चौथो विवाह गर्ने भएका छन् ।   ओझाले आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो विवाह गर्ने भएका हुन् ।

Advertisement

शिल्पालाई छविलेनै  चलचित्र ‘लज्जा’बाट डेब्यु गराएका हुन् । त्यतिवेलैदेखि उनीहरूको अफेयरको हल्ला  चलेको थियो ।  शिल्पा आफैँले  विवाहको हल्ला चलाएकी थिईन् ।  गतवर्ष नै विवाह गर्ने तयारी गरे पनि ज्योतिषीले नगर्न सल्लाह दिएका कारण रोकिएको शिल्पाले बताईन् ।

१९ वर्षकै उमेरमा निर्माता ओझाले पहिलो विवाह गरेका थिए । उनको  पहिलो विवाह १० वर्षमै टुंंगियो । त्यसपछि उनले नायिका गीताञ्जलीसँग दोस्रो विवाह गरे । गीताञ्जलीसँगको सम्बन्ध पनि दिगो बनेन । उनले आत्महत्या गरेर संसारबाट बिदा भइन् ।

त्यसपछि  हिरो’ चलचित्रबाट आफैँले डेब्यु गराएकी नायिका रेखा थापासँग उनले तेस्रो बिहे गरे । तर, थापासंगको विवाह पनि  उनको  दिगो भएन । उनीहरुले सम्बन्धविच्छेद गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री