बिहीबार, १६ मंसिर २०७८

प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मण्डल निर्वाचित

समयपोष्ट २०७४ फागुन ३ गते ८:०७

प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ ।

Advertisement

प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित हुनुभएको हो ।

दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो ।

मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने महतोले आठ मत प्राप्त गर्नुभएको थियो । मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद रहेका छन् ।

रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री