मंगलबार, ११ वैशाख २०८१

सेयर जारी नहुँदा मासिक २.६४ करोड घाटा

समयपोष्ट २०७४ फागुन १ गते २:४९

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक पौने तीन करोड रुपैयाँ व्ययभार थपिएको खबर आजको कारोबारमा छ ।

Advertisement

आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन ।

सर्वधरणमा सेयर जारी नहुँदा आयोजनाले ऋण गरेर निर्माण कार्य अघि बढाइरहेको छ। आयोजनामा ऋण लगानी गर्ने संस्थाहरुसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ ।

यो हिसावले वार्षिक ३१ करोड ७७ लाख रुपैयाँ सर्वसाधरणबाट उठ्ने सेयरको व्याज तिर्नुपर्ने अवस्था आएको छ ।

आयोजना प्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधरणबाट १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको रकम सेयरबाट उठाउनु पर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री