मंगलबार, ११ वैशाख २०८१

एनआर्इसी एशियाले एकै पटक संचालनमा ल्यायो ९ वटा शाखा

समयपोष्ट २०७४ माघ २८ गते ११:४४

एनआर्इसी एशिया बैंकले एकै पटक ९ वटा नयाँ शाखा संचालनमा ल्याएको छ।

Advertisement

व्यापार र शाखा विस्तारमा एग्रेसिभ बनेको बैंकले एकै पटक ९ नयाँ शाखा संचालनमा ल्याएको हो।

नवलपरासीमा चार स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ।बैंकका अनुसार गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरीस्थित अमरापुरी शाखा,  प्रतापपुर नगरपालिका वडा नं २ गोपीगंजस्थित गोपीगंज शाखा, बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ दुम्कीबासस्थित दुम्कीबास शाखा र मध्यबिन्दु नगरपालिका वडा नं. १० अरुणखोलास्थित अरुणखोला शाखा संचालनमा आएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

बैंकले रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. १२ शंकरपुरस्थित शंकरपुर शाखा, सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियास्थित मुर्गिया शाखा र तिलोत्तमा नगरपालिका वडा नं. ८ मणिग्राम ४ नम्बरस्थित मणिग्राम ४ नम्बर शाखा संचालनमा ल्याएको छ।

बैंकले  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुरस्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलियास्थित ईमिलिया शाखा  संचालनमा ल्याएको जनाएको छ।बैंकले मुलुकभर १ सय ७० शाखा संचालनमा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री