आइतबार, ४ साउन २०८२

नेपाल बैंक लिमिटेडले एक करोड ७६ लाख कित्ता एफपिओ जारी गर्ने

समयपोष्ट २०७४ माघ २४ गते ७:२५

नेपाल बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ ।

बैंकले प्रिमियम मूल्यमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने भएको  हो ।

बैंकको  माघ २३ गते बसेको बैंक संचालक समिति बैठकले सो प्रस्ताव पारित गरेको छ ।  उक्त प्रस्ताव बैंकले  आगामी साधारणसभामा लैजाने बताएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री