सिद्धार्थ बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
सिद्धार्थ बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिती रहेको छ । बैंकले फागुन २ गतेदेखि दश प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।
बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।
बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।
सिद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ ।
प्रतिक्रिया