बिहीबार, १५ चैत २०८०

बी एण्ड बी अस्पतालमा एनएमबिका ग्राहकहरुलाई १०%सम्म छुट

समयपोष्ट २०७७ फागुन १६ गते १९:१९

Advertisement

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०%सम्म छुट दिने भएको छ ।

उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५% र अन्तरंग (भर्ना) मा ७% छुट उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री