शुक्रबार, ७ वैशाख २०८१

रघुजीले ओलीलाई पिडौँला देखाएर केन्द्रिय सदस्य भएको भन्ने अभिव्यक्ति दिएपछि तनावमा कोमल, कानुनी उपचार खोज्ने तयारी

समयपोष्ट २०७७ फागुन १६ गते १६:०९

Advertisement

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड–नेपाल पक्ष केन्द्रीय सदस्य रघुजी पन्तविरुद्ध प्रहरीमा उजुरी दिने भएकी छिन् ।

नेता पन्तले ‘केपी ओलीलाई सारी सारेर पिडौँला देखाएर कोमल वली केन्द्रीय सदस्य भएको’ भन्ने अभिव्यक्ति दिएपछि वलीले त्यसले सम्पूर्ण महिलामाथि नै अपमान गरेको भन्दै प्रहरीमा उजुरी दिने बताईन् ।

हाल दाङमा पार्टीको काममा व्यस्त रहेका कारण काठमाडौं आउन ढिला भएको र पन्तविरुद्ध कस्तो कानुनी कारवाही हुन्छ भन्नेबारेमा बुझिरहेको उनले बताइन् । वलीले पन्तको अभिव्यक्तिले समग्र महिलामाथि नै अपमान गरेको उल्लेख गर्र्दै त्यसले आफूलाई पीडा दिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री